Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

सात अर्ब ७२ करोड बराबरको ल्यापटप आयात 

सात अर्ब ७२ करोड बराबरको ल्यापटप आयात 

  • भाद्र ८, २०७८ मंगलवार ०८:३४ बजे
  • 612
    SHARES
  • सात अर्ब ७२ करोड बराबरको ल्यापटप   आयात 

    काठमाडौं– नेपालमा गत आर्थिक वर्षमा  ७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ ।

    अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको समचार आजको आर्थिक अभियानले लेखेको  छ।


    नेपालले आयात गर्ने ल्यापटपमध्ये करीब ९३ प्रतिशत चीनबाट हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरूमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् । ल्यापटप आयातबापत आर्थिक वर्ष २०७७–७८ मा  ९९ करोड २६ लाख ७० हजार बराबरको राजस्व पनि उठेको छ ।

  • सम्बन्धित विषय:

  • # आयात
  • # ल्यापटप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij