Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

किन उठेन काठमाडौं उपत्यकाको फोहर ?

किन उठेन काठमाडौं उपत्यकाको फोहर ?

  • 929
    SHARES
  • किन उठेन काठमाडौं उपत्यकाको फोहर ?

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहर नउठेपछि बाग्मतीलगायत नदी किनार प्रदूषित हुन थालेको छ । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो ।

    फोहर नउठेपछि नदी किनारका धेरै स्थानमा फोहर थुप्रो लागेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा.माला खरेलले जानकारी दिइन् ।

    बाग्मती नदीमा बहाव बढेका अवसरमा नदी संरक्षण संस्थाले प्रत्येक वर्ष आयोजना गरेको जलयात्राका क्रममा आज थापाथलीबाट सुन्दरीघाटसम्म पुग्दा नदी किनारका धेरै स्थानमा फोहर थुपारेको भेटिएको उनले सुनाइन् । 

    उपत्यकावासीले फोहर फेरि नदी किनारमा लैजान थालेपछि ४३२ हप्तादेखि सफाइ गरिँदै आए पनि फेरि प्रदूषित बन्ने खतरा बढेको छ । बाग्मती सफाइ महाअभियानको ४३२औँ हप्तामा आज थापाथली क्षेत्रमा सफाइ गरिएको छ ।

    सफाइमा अधिकार सम्पन्न बाग्मती  समितिका कर्मचारी अभियानकर्मी, नदी संरक्षण संस्थाका पदाधिकारी एवं सदस्य गरी १५० भन्दा बढीको सक्रियता रहेको थियो । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ता बिहान दुई घण्टा स्वयंसेवीरूपमा बाग्मती सफाइ हुँदै आएको छ । 

  • सम्बन्धित विषय:

  • # फोहर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij