वेबटिभी खबर
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार ७ हजार ७०३ पीसीआर परीक्षण गर्दा १ हजार ४२४ जना र ५ हजार ३७२ एन्टिजेन परीक्षण गर्दा ६५१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै गत २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ । शनिबार २ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ३९ हजार ३२१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij