Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण

प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण

  • 422
    SHARES
  • प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण

    विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    सो अवधिमा एक हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र एक हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा १४५ मध्ये विराटनगरमा ४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा आठ, उदयपुरमा तीन, भोजपुरमा दुई, सङ्खुवासभा र तेह्रथुममा एक एक र प्रदेश  बाहिरका छ जनामा सङ्क्रमण देखिएको हो ।

    सोही अवधिमा प्रदेशमा आजै ४८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २५२ महिला र २३३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा तीन जना महिलासहित आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
      

  • सम्बन्धित विषय:

  • # कोभिड-१९

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij