Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

इनरुवा नगरपालिकाले बेवास्ता गर्यो इसीडी शिक्षकका माग 

इनरुवा नगरपालिकाले बेवास्ता गर्यो इसीडी शिक्षकका माग 

  • 2.6K
    SHARES
  • इनरुवा नगरपालिकाले बेवास्ता गर्यो इसीडी शिक्षकका माग 

    काठमाडौं । इसीडी शिक्षक र विद्यालय कर्मचारीको माग सुनसरीस्थित इनरुवा नगरपालिकाले बेवास्ता गरेको छ । 

    सरकारले घोषणा गरे अनुसार मासिक पारिश्रमिक पाउनु पर्ने माग राख्दै नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास समितिले गत असार २४ गते मागपत्र बुझाएको थियो । 

    मागपत्र बुझाएको महिना दिन बढी समय हुँदा समेत नगरपालिकाले कुनै सम्बोधन नगरेको इसीडी शिक्षक अञ्जु चौधरीले बेवटिभी खबरलाई जानकारी दिइन् । 

    उनले भनिन्, ‘केही सुनुवाइ भएको छैन । हामी पुुनः आन्दोलनमा जान्छौं ।’ 

    वेबटिभी खबरले नगर प्रमुख राजन मेहतालाई याे साइटमा उपलब्ध फाेन नम्बरका आधारमा  सम्पर्क गर्दा उनको मोबाइल स्वीचअफ थियो भने  उपप्रमुख जमुना देवी गौतको मोबाइलमा फोन नै लागेन ।

    स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक

    हेर्नुहाेस् मागपत्र

    ECD Inaruwa.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij