Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

काभ्रेस्थित साँगा क्षेत्रका पाउँ भण्डारमा अनुगमन, पाँच हजार मूल्य बराबरका अखाद्य वस्तु नष्ट

काभ्रेस्थित साँगा क्षेत्रका पाउँ भण्डारमा अनुगमन, पाँच हजार मूल्य बराबरका अखाद्य वस्तु नष्ट

  • 608
    SHARES
  • काभ्रेस्थित साँगा क्षेत्रका पाउँ भण्डारमा अनुगमन, पाँच हजार मूल्य बराबरका अखाद्य वस्तु नष्ट

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेले स्थानीय साँगा बजार क्षेत्रमा रहेका खाद्यान्न पसलहरूबाट म्याद नाघेका अखाद्य वस्तुहरू बरामद गरी नष्ट गरेको छ । 

    साउनको सोमबारको अवसर पारेर साँगामा रहेको शिवजीको मन्दिरमा दर्शन गर्न आउने भक्तजनको स्वास्थ्यलाई ख्याल राख्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय अगुवाहरूको समन्वयमा सो क्षेत्रको बजार अनुगमन गरेको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा पत्रकार महासंघ, काभ्रे शाखा, उद्योग बाणिज्य संघ र बनेपा नगरपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी र घरेलु उद्योग कार्यालयका प्रमुखलगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । 

    अनुगमनका क्रममा करिब ५० वटा  माडा, पाउँ र क्याण्डीलगायत उद्योगहरूबाट उत्पादित माडा, अचार, पाउँ, जंक फुड, मिनरल वाटरलगायत करिब पाँच हजार मूल्य बराबरका सामानहरू नष्ट गरिएको  बागमती बचाउ अभियानका अगुवा केशवप्रसाद पुडासैनीले जानकारी दिए ।

    ‘म्याद गुज्रिएका र अस्वस्थ तरिकाले बिक्री वितरणका लागि राखिएका ती सामग्रीहरू सबैको समन्वयमा बरामद गरी नष्ट गरिएको छ । उपभोक्ताको जनस्वास्थ्यप्रति संवेदनशील हुन व्यावसायीहरूसमक्ष आग्रह पनि गरिएको छ,’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # अनुगमन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij