Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

ओली सरकारका नियुक्ति खारेजीको माग राख्ने लुम्बिनीका पत्रकार निलम्बनमा

ओली सरकारका नियुक्ति खारेजीको माग राख्ने लुम्बिनीका पत्रकार निलम्बनमा

  • 929
    SHARES
  • ओली सरकारका नियुक्ति खारेजीको माग राख्ने लुम्बिनीका पत्रकार निलम्बनमा

    काठमाडौं । पत्रकार आचार संहिता उल्लंघन गरेको भन्दै पत्रकार महासंघका लुम्बिनी प्रदेशका सचिव जयसिंह केसी निलम्वनमा परेका छन् । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका नियुक्ति खारेजीको माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले आइतबार ज्ञापन पत्र बुझाएका थिए । 

    लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले उनलाई स्पष्टीकरण सोध्दै कारबाही गरेका हुन् । प्रदेश सचिवको हैसियतले प्रधानमन्त्री देउवालाई बुझाएको ध्यानाकर्षण पत्र महासंघको विधान, नीति, निर्देशन, आचारसंसहिता तथा पत्रकार अनुशासनविपरीत भएको उनको ठहर छ । 

    महासंघका प्रदेश सचिव केसीले प्रधानमन्त्री देउवालाई भेटेर खेलकुद मन्त्रालय कांग्रेसले लिनुपर्ने, एमाले सरकारले नियुक्त गरेका सबै नियुक्ति खारेज गर्नुपर्नेलगायतका माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    अध्यक्ष गिरीले सचिव केसीको पत्रले सबै पत्रकारको शिर निहुरिएको बताउँदै दुई दिनभित्र जवाफ दिन निर्देशन गरिएको र केन्द्रीय समितिको निर्णय नआउँदासम्म पदीय जिम्मेवारीमा नरहने निर्णय सुनाएका छन् । यस्तो थियो केसीले प्रधानमन्त्री देउवालाई बुझाएको पत्र 

    236580782_821713635194725_2184319846675766064_n.png

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij