वेबटिभी खबर
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा मुलुकको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने प्रस्ताव गरिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेस गरेको राजनीतिक तथा सांगठानिक प्रस्तावमाथि समूहगत छलफलपछि ८ वटा टोली नेताले सुझाव पेस गर्ने क्रममा पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने प्रस्ताव गरेको हो ।
यस्तै बैठकमा नेताहरूले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारेको धारणा पनि जनताले बुझ्ने भाषामा आउनुपर्ने सुझाव पेस गरेको केन्द्रीय सदस्य युवराज दुलाल जानकारी दिए ।
बैठकमा सुझाव पेस गर्ने क्रममा नेताहरूले सरकार सञ्चालन गर्न संयन्त्र बनाउन र जनयुद्धका शहीदलाई राष्ट्रिय शहीदका रूपमा निर्णय गरी राजपत्रमा प्रकाशित गर्न पार्टीले पहल गर्नुपर्ने बताएका छन् ।
सबै टोली नेताले रिपोर्टिङ प्रस्तुत गरेपछि त्यसबारे थप छलफल गरेर निर्णय लिन स्थायी कमिटी बैठक बसेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij