वेबटिभी खबर
काठमाडौं । धान विज्ञ भोलामान सिंह बस्नेतको निधन भएको छ । कोरोना संक्रमणबाट उनको ७१ वर्षका उमेरमा निधन भएको हो । उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा उनले सेवा पुर्याएका थिए । सेवा निवृत्त भएपछि बस्नेत अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (ईरी) का अनुसन्धानमा संलग्न थिए ।
नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको मुख्य भूमिका थियो । बस्नेतका दुई छोरी र एक श्रीमती छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij