Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न

  • 74
    SHARES
  • उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न

    काठमाडौं । आस्था, श्रद्धा र शुद्धताको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि सिरहासहित तराई–मधेसका विभिन्न जिल्लाका नदी, पोखरी, तलाउ तथा जलाशयका छठघाटमा व्रतालु, श्रद्धालु तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।

    व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका छन् । चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको समापनसँगै छठघाटहरूमा भक्तिमय वातावरण छाएको थियो ।

    यस पर्वले आपसी सद्भाव, सामाजिक एकता, पारिवारिक प्रेम तथा धार्मिक सहिष्णुताको सन्देशसमेत दिएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा तथा अर्घ अर्पण गरिने छठ पर्व तराई–मधेसको मौलिक संस्कृति, परम्परा र पहिचानका रूपमा स्थापित छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij