वेबटिभी खबर
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एक हजार ५२९ को पीसीआर परीक्षण गर्दा ३९३ र एक हजार ७५१ को एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४ मध्ये विराटनगरमा ४१, धनकुटामा १२, इलाममा ११, तेह्रथुममा पाँच, सङ्खुवासभा र भोजपुरमा चाररचार, उदयपुरमा तीन, पाँचथरमा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ ।
सोही अवधिमा प्रदेशमा आजै ६७५ जना कोरोना संक्रमणमुक्त्तm भएका छन् । संक्रमणमुक्त हुनेमा ३०० महिला र ३७५ पुरुष छन् ।
पछिल्लो जानकारीअनुसार दुई महिलासहित पाँच जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij