वेबटिभी खबर
काठमाडौं । हाल नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति भने देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij