वेबटिभी खबर
काठमाडौं । लगातारको बर्षाका कारण बाजुराका उच्च लेकाली तथा हिमाली भू(भागमा हिमपात भएको छ। यहाँका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भेगमा हिमपात भएको हो।बर्षापछि हिमपात हुँदा अत्याधिक चिसो बढेको छ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका,त्रिवेणी,त्यस्तै सुर्के पाटन,सिन्तवा पाटन, बुढिनन्दा, रानीसैन, कालाजग्रा, सुनन्दा, बडालेख, घोडीलेक लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो।बिहीबार देखि लगातार पानी तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा यहाँको दैनिक जनजीवन कष्टकर बनेको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij