Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कर्णाली प्रदेशका चार जिल्लाका विभिन्न सडक अवरुद्ध

कर्णाली प्रदेशका चार जिल्लाका विभिन्न सडक अवरुद्ध

  • 92
    SHARES
  • कर्णाली प्रदेशका चार जिल्लाका विभिन्न सडक अवरुद्ध

    काठमाडौं । लगातारको भारी वर्षाका कारण कर्णाली प्रदेशका चार जिल्लाका विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खस्दा कालिकोट, सल्यान, हुम्ला , जाजरकोट ,जुम्ला र मुगुका सडक खण्डमा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका-१ गगनेखोला मा पर्ने कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।

    यस्तै सल्यानको कपुरकोट गाउँपालिका-१ स्थित खारखोला, ३ र ४ मा रहेको अरिङ गाले , पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ । जुम्लाको तातोपानी गाउँपालिका १ राका कर्णाली करिडोरको जुम्ला नाग्मा सडक खण्ड अवरुद्ध भएको छ । हुम्लाको सर्केगाड गाउँपालिका-१ खच्चामा पहिरो तथा सडकमा लेदो खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका-७ र ८ पिना देखि ताल्चामा पनि पहिरोका कारण नाग्मा-गमगढी सडक खण्ड अवरुद्ध भएको छ ।

    यो पनि कर्णाली करिडोर नै होलगातारको वर्षाका कारण पहाडी क्षेत्रमा सडकमा पहिरो खस्ने, लेदो बग्ने तथा सडक कटान हुने क्रम बढेकाले यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाका कारण अवरुद्ध सडकको अवस्था बुझ्ने तथा यातायात सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij