वेबटिभी खबर
काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका-८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ । सेताम्मे हिमाल, वरिपरिका डाँडाकाँडा र नीलो आकाशको संयोजनले यात्राको थकान मेटाउनुका साथै प्रकृतिको सौन्दर्यमा हराउन बाध्य बनाउँछ ।
मुकुटेश्वरी हिउँको दृश्यसँगै धार्मिक आस्था र स्थानीय संस्कृतिसँग समेत जोडिएको क्षेत्र हो । डोल्पाको अर्को प्रमुख आकर्षण भेरी करिडोर छेउमा रहेको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर हो, जहाँ दर्शनका लागि टाढा टाढाबाट श्रद्धालु पुग्ने गर्छन् । करिडोर हुँदै डोल्पा प्रवेश गर्दा हिमाली भूगोल, नदी, स्थानीय बस्ती तथा बोटमै झुलेका राताम्य स्याउका बगैँचाले यात्रुको मन लोभ्याउँछ ।
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल, बाला त्रिपुरासुन्दरीको दर्शन र स्थानीय स्याउ उत्पादनलाई एक साथ जोडेर प्रवर्द्नन गर्न सके डोल्पामा आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना देखिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij